ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ असार १५ गते सोमबार । तदनुसार २९ जुन २०२१ । श्री गणेश जीको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
आजको पञ्चाङ्ग
वि.सं. असार १५, २०७८ । ई.सं. 29 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलागा । उत्तरायण । ग्रीष्म । मंगलवार । आषाढ कृष्णपक्ष । तिथि - पञ्चमी , १७:०९ बजे उप्रान्त षष्ठी । नक्षत्र - शतभिषा , ५:१२ बजे उप्रान्त पूर्वभाद्रपदा । योग - प्रीति , १६:५१ बजे उप्रान्त आयुष्मान् । करण - कौलव ५:२५ बजेदेखि तैतिल , १७:०९ बजे उप्रान्त वव । चन्द्रराशि - कुम्भ । आनन्दादि योग - मृत्यु । दिनमान ३४।३३ । सूर्योदय ५:१२ । सूर्यास्त १९:०२ । पञ्चक, धान दिवस, दही चिउराखाने दिन ।
आजको राशिफल :
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । मीष्ठान्न भोजन तथा धनलाभ हुने दिन रहेको छ । शत्रु पराजित हुनेछन् । इष्टमित्रसंग भेटघाट हुनेछ । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ । विद्यार्थी तथा व्यवसायीहरुका लागि आजको दिन सफल रहला ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज कुनै नयाँ कामको थालनि हुनेछ । आँटेका कामहरु पुरा हुनेछन् । यात्रा हुन सक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुन सक्नेछ । मनमा सुख तथा सन्तोष रहनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । पेसा तथा व्यवसाय सफल रहने छ ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । आज यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ । भगवान बिष्णुको स्मरण गर्नुहोला ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । मनमा चिन्तित बढ्नेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटसम्बन्धि समस्या आउने छ । पापकर्ममा मन जाला । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
पारिवारीक सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
व्यवसायबाट फाईदा हुनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । स्वास्थ्यले साथ दिनेछ । विपरीत लिंगीबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसंग रमाइलो गरि दिन बित्नेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
काम विग्रने खालको समय रहेको छ । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ । यात्रा फलदायी हुनेछैन । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मन साह्रै चञ्चल हुनेछ । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । पेट सम्वन्धी समस्या आउने छ । आँटेको काम पुरा हुनेछैन् । पानी बाट हानीहुने दिन रहेको छ । चोटपटकको संभावना रहेकोछ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आँटेको काम पुरा हुनेछैन् । पानी बाट हानीहुने दिन रहेको छ । प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
मनमा असन्तोष बढनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार गर्नुहोला । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । नाक र घाँटिमा समस्या आउन सक्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । स्वास्थ्य राम्रो रहने छ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । व्यवसाय सफल रहला ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । मानसिक तथा शारीरिक समस्याले सताउने छ । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२
(प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology