कृष्ण अन्जान, रिडी गुल्मी । रुरुक्षेत्र गाउँ पालिकामा रहेकाे एकमात्र जीवन बीमा कम्पनी सूर्य ज्याेति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे रिडी शाखाले विमा सचेतना कार्यक्रमकाे शुरुवात गरेकाे छ ।
यसै श्रृङखलाकाे पहिलो सचेतना कार्यक्रम आईतवार रिडीबजारमा आयाेजना गरिएकाे छ ।
स्थानीय व्यवसायी ,विभित्र वित्तीय सँस्थाका प्रमुख हरु ,जन प्रतिनिधि र सँचारकर्मीकाे सहभागितामा भएकाे सचेतना कार्यक्रममा सूर्य ज्याेति लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय प्रवन्धक विकास अधिकारीले विमा भविष्यकाे सहारा भएकाे बताए ।
जीवनमा जस्तोसुकै अवस्था पनि आउन सक्ने बताउँदै क्षेत्रिय प्रवन्धक अधिकारीले जीवन बीमा गर्दा बचत ,आयआर्जन र दुखकाे गर्जाे टार्न सजिलो हुने र अप्ठ्याराेकाे साथि बीमा बन्ने बताए ।
सचेतना कार्यक्रममा सूर्य ज्याेति लाईफ इन्स्योरेन्स रिडी शाखाका प्रवन्धक चिरन्जिवी ज्ञवालीले बीमा पाेलिसीकाे बारेमा जानकारी दिँदै याे क्षेत्रकाे ग्रामीण इलाकामा स्थानीय तह सँगकाे सहकार्यमा बीमा सचेतना कार्यक्रम सन्चालन गरिने जानकारी दिए ।
मुख्य रुपमा बीमा सचेतनालाई गाउँ घरमा लान सके आम नागरिकलाई उनिहरुकाे आर्थिक बचत ,सुरक्षित भविष्य ,सँगै राेजगारीकाे सिर्जना हुने कुरामा विस्वस्त हुन सकिने प्रवन्धक ज्ञवालीकाे भनाई थियाे ।
सचेतना कार्यक्रममा शाखा सन्चालन र बीमा सचेतना कार्यक्रमकाे शुरुवात गरेकाेमा धन्यवाद दिँदै रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष नवराज विकले विमा सचेतना कार्यक्रममा वडा कार्यालयले समन्वय गर्ने र आवस्यक सहयाेग गर्ने बताए ।
मुख्यतया सूर्य ज्याेति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यतिबेला धनवृद्दि ,एकल तथा सिमित ,सजिलो भुक्तानि ,सुरक्षित भविष्य ,धनलाभ ,चौरासी पुजा लगाएतका बीमा लेखहरु सन्चालन गरेकाे छ ।
रिडी बजारमा शाखा कार्यालय स्थापनाले ,बीमा अभिकर्ता तालिम ,बीमा अभिलेख ,बीमा दावि ,बीमा दावि भुक्तानी र ऋण लिन र तिर्न पनि सजिलो हुने रिडी शाखाका प्रबन्धक चिरन्जिवी ज्ञवालीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology