परासी । सुनवल नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत रमेश गौतमले हाजिर गरेका छन्। सरुवा भएर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकिय अधिकृत गौतमलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएपछी आर्यालको चौतर्फी बिरोध भएको थीयो । सोहि बिषयमा सेतोमसीले
प्रशासकीय अधिकृत नहुँदा सुनवल नगरपालिकाको काम ठप्प शिर्षकमा समाचार प्रकाशन गरेको थीयो । गौतमले आज आइतबार नगरपालिकामा हाजिर गरि कामकाज सुरु गरेका हुन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते गौतमलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनवल पठाएको थियो। तर कार्यलय हाजिर हुन गएका गौतमलाई नगर प्रमुख अर्यालले केहि दिन हाजिर नगर्न आदेस दिइन्। अर्यालले पार्टी निकट कर्मचारी नआएपछि हाजिर रोकिदिएको गम्भीर आरोप समेत लागेको थीयो ।
नगरपलिकाको आर्थिक बर्षसम्म पुरानै प्रसासकिय अधिकृत भक्तिराम मरासिनीलाई निरन्तर दिएर काम गराउने बिमला आर्यालले अडान लिएकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology