राजेश पराजुली, गण्डकी प्रदेश । मौलाकाली केवलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ।
नवलपुर जिल्लाको गैंडाकोट–१ मा केवलकारको गत वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्।
केवलकारमार्फत् बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ।केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology