Logo

२०८३, कार्तिक २७गते


images
images

सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

images
  • सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने
    images

    काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् ।कांग्रेस नेता एवं प्रध्यापक माधव न्यौपानेले भण्डारी आइतबार साँझ ५ बजे काठमाडौं आइपुग्ने बताए । भण्डारीको दिउँसो २:५५ बजेको नेपाल एयरलाइन्सको टिकट रहेको छ । 

    images
    images
    images

    उनले नेपाल आएर घरमै आराम गर्ने र कीर्तिपुरस्थित बर्न अस्पतालमा फलोअप गर्ने गरी डा. भण्डारी नेपाल आउन लागेको बताए ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि भण्डारी आइतबार आइपुग्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

    images
    images
    images

    डा भण्डारी मुम्बईको नेशनल बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । उनको स्वास्थ्यमा दिनानुदिन सुधार भइरहेको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।

    images
    images

    नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् । फागुन ३ गते काठमाडौंस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा उनी जलेका थिए । सो घटनामा जलेकी उनकी आमाको फागुन ४ गते बिहान निधन भएको थियो । 

    कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनकी आमाको निधन भएको थियो । अस्पतालले डा. भण्डारीको उपचार नेपालमा सम्भव नभएको बताएपछि भारतमा लगिएको हो । 
    उनको ३० प्रतिशतसम्म शरीर जलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।