गुल्मी। गुल्मीको मालिकामा जिप दुर्घटनाहुदा एकजनाको मृत्यु भएको छ।
गुल्मी मालिका गाउँपालिका (२ दर्लिङबाट बाग्लुङ भिमगिठे जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका –२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो।
सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको हो। जिपका चालक २१ वर्षीय प्रेम बहादुर केसी घाइते भएका छन्। लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology