नवलपरासी । सबारीसाधन गुड्न र सर्वसाधारण हिड्न राज्यले करोडौं रकम खर्च गरि निर्माण गरेको सडक यतिबेला व्यापारीहरुले कब्जा गरेका छ्न् ।
सुनवल नगरपालिका वडा नं ७ ज्यामिरे अस्नैया सडक खण्ड अन्तर्गत ज्यमिरेमा रहेको सबारी ग्यारेजले मर्मत गराउन आएका गाडीहरुलाई व्यवस्थापन नगरी सडकनै कब्जा गरि मर्मत गर्दै आएका छ्न्।
सडकमै गाडी मर्मत हुन थालेपछि सर्वसाधारणले हिँड्डुल गर्न मुस्किल त परेको छ नै दुर्घटनाको पनि जोखिम बढेको स्थानीयले बताउँछन् । स्थानीय प्रकाश अर्यालले भने `ग्यारेजले बाटो नै कब्जागरि गाडिहरु बनाउने गर्छ, पटक पट्क हामिले यसो नगर्न भनौ तर सुनवाइ भएन, वडा कार्यलय नजिकनै यस्तो हुदा वडाले कुनै कदम चालेन उनले थपे `कसैको ब्यापारका लागि सार्वजनिक बाटो कब्जा गर्न पाइदैन´ ।
पटक पटक गाडी मर्मत बाटोमा नगर्न अनुरोध गरेपनि ब्यापारीहरुले ब्यवास्था गर्दै आएको सुनवल ७ वडा कार्यलयले जनाएको छ।
यता ज्यामिरे प्रहरी पोस्टले सो क्षेत्रको अनुगमन गरि सो गरेको पाइएमा कार्वाही गरीने जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology