कृष्ण अन्जान, गुल्मी । गुल्मी जिल्लाकाे निर्वाचन क्षेत्र न १ का कालीगण्डकी नदिका तटिय क्षेत्रसँग जाेडिएका गाउँपालिकाहरुका लागि कालीगण्डकी करिडोर एउटा लाईफ लाईन हाे भन्दा फरक पर्दैन ।
स्थानीय बासिन्दाले परिकल्पना पनि नगरेको याे करिडोरकाे कालाेपत्रेकाे काम जाेडताेडले भईरहँदा स्थानीय बासिन्दा दँग छन । कालिगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ती सम्झना छ, जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले अब म हर्मिचौर आउँदा हिँडेर होईन मोटर चढेर आउँछु भनेको । यसपछि पटक पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर,अर्वेनी, पुर्तिघाट पुग्दा मोटर चढेरै पुगेका छन ।
कालिगण्डकी करिडोरको निर्माण भएसँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखिरहेका छन । करिडोरले रुरुक्षेत्र, सत्यवति, कालीगण्डकी गाउँपालिकालाई समेट्दै बाग्लुङ जोडेको छ ।
त्यति मात्र कहाँ हो र कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई जोडेर चीन र भारतका धार्मिक पर्यटकका लागि कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेको छ ।कालीगण्डकी करिडोरले भारतिय तथा नेपाली पर्यटकहरुलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र शालिग्राम शिलाउ पुर्याउँदै मुक्तिनाथ मात्र होईन अपर मुस्ताङको लोमान्थाँग, छुसेर र कोरोलासम्मको गन्तव्यमा पुर्याउँछ ।
कालीगण्डकी करिडोरको रुद्रवेणी–हर्मिचौरको १४ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडि शुरु भएको छ र जोडतोडका साथ काम जारी छ।
यता रिडीबजार क्षेत्रमा पनि रिडी रुद्रवेणिकाे सात किलोमिटर क्षेत्रकाे कालाेपत्रेकाे काम भईरहेको छ ।
यो सडकको ट्रयाक खोल्ने कामदेखि लिएर हालसम्म यस क्षेत्रबाट विभिन्न समयमा निर्वाचित जनप्रतिनिधीहरूको प्रत्यक्ष निगरानी र बारम्बारको रेखदेखमा करिडोर निर्माण कार्यले गति लिएको रुरुक्षेत्रको रिडीका हिमाल श्रेष्ठ बताउँछन ।
कालीगण्डकी करिडोरको निर्माणसँगै जहाँबाट कारिडोर गएको छ त्यो क्षेत्रमा विकासको ढोका खोलेको छ नै। मुख्यरुपले सत्यवती, कालीगण्डकीका माथिल्ला गाउँहरु धुसेनी, च्यामी, देउराली, भर्दालकोट, शिरकोट, गिदुवा, वकेवा, जयखानी, शानी, खड्गकोट, छापचौर, भुर्तुँग लगायत धेरै गाउँहरूमा आउन जान सजिलो मात्र भएको छैन मैदानी इलाकाका अस्लेवा, रुद्रवेणी, हर्मिचौर, अर्वेनी क्षेत्रसँगै गाउँका उत्पादनहरुलाई कालीगण्डकी करिडोर मार्फत बजारीकरण र आवागमनमा सजिलो भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology