Logo

२०८३, आश्विन १०गते


images
images

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

images
  • सेतोमसी सहकर्मी
  • कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम
    images
    images

    राजेश पराजुली, म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार  सम्पन्न भएको हो ।

    images
    images
    images

    व्यवसायी र कर्मचारीहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा कालीगण्डकी करिडोर अन्तर्गतका पर्वत, बागलुङ, मुस्ताङ, म्याग्दी आसपासका समेत गरी ६० जना पर्यटनकर्मीको सहाभागिता थियो ।

    images
    images
    images

    छिमेकी मुलुक चीनको उत्तरी नाका कोरलादेखि दक्षिण छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोरमा सञ्चालित होटललाई लक्षित गरी तालिम आयोजना गरिएको हो । उक्त करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको जनाइएको छ ।

    images
    images
    images

    तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले प्रशिक्षक दिएका थिए ।

    तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी कर्मचारी बीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रबद्र्धन, स्थानीय उत्पादनको व्यवसायिकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कालीगण्डकी करिडोर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।