बारा । मतदानको समय एक घण्टा बाँकी रहँदा बारा निर्वाचन क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको छ । आइतबार दिउँसो ४ बजेसम्ममा बारामा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
स्थानीय प्रहरी प्रशासनले बारामा हालसम्म शान्तिपूर्ण ढंगले मतदान सञ्चालन भईरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाए । बारा –२ मा महागढीमाई र पचरौता नगरपालिका सहित ५ वटा स्थानीय तहका ४४ वटा वडाहरु छन् । जसमा ८२ मतदानस्थल, १३७ मतदान केन्द्र र एकलाख ५ हजार २५८ मतदाता रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology