Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपाले माफी माग्ने सहमतिपछि नयाँकिरण माविमा रोकिएको मतदान सुचारु  

रास्वपाले माफी माग्ने सहमतिपछि नयाँकिरण माविमा रोकिएको मतदान सुचारु  

images
  • रास्वपाले माफी माग्ने सहमतिपछि नयाँकिरण माविमा रोकिएको मतदान सुचारु  
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा माफी माग्ने सहमति भएपछि चितवनको भोजाडस्थित नयाँकिरण मावि केन्द्रमा मतदान सुचारु भएको छ ।

    images
    images
    images

    आयोगबाट खटिएका कर्मचारीहरूको रोहबरमा दलका प्रतिनिधिहरूबीच भएको बैठकमा मतदान सुचारु गर्ने सहमति जुटेको हो । सहमतिको पहिलो बुँदामा रास्वपाबाट आचारसंहिता उल्लंघन भएको भन्दै उक्त दलका तर्फबाट क्षमायाचना गर्ने उल्लेख छ ।

    images
    images
    images

    साथै मतदानस्थलको ३०० मिटर वरपर शान्ति सुरक्षा सुदृढ बनाउने, आचारसंहिता उलंघनबारे मुख्यनिर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ ।

    images
    images

    रास्वपा उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा उनका समर्थकहरूले नाराबाजी र हुटिङ गरेका थिए । निर्वाचनको समयमा नाराबाजी, चुनाव चिह्न प्रचार आदि गर्न पाइँदैन ।​ त्यसक्रममा धकेलाधकेलको स्थिति समेत उत्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोकिएको मतदान सुचारु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।