सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीको पालिनन्दन महेशपुर-परासी सडकखण्डकाे बाटाे निर्माण नहुँदा हरपुरदेखि कुस्मासम्मका स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माणाधिन १.५ कि.मी सडकखण्डमा ठेकेदार कम्पनीले पानी नहाल्दा सडकको छेउमा रहेको स्थानीयहरू धुलोले हैरान भएका छ्न् ।
"धुलोले सडक दिउँसै देखिन्न सडक किनारका घरमासमेत बस्नै नसक्ने अवस्था आयो" स्थानीय मुकेश गुप्ता पीडा पोखे । धुलोले गरमा पाकेको खाना खान समेत नसकिने अवस्था आएको बताउदै उनले घरबाट बाहिर निस्कदा धुलोले केही नदेखिने र घरको झ्याल ढोका खोल्नै नहुने अवस्था आएको बताए ।
स्थानीय जनताले निर्माणधीन सडकको धुलोका कारणले वडाअध्यक्षसंग हारगुहार गरें पनि पल्हिनन्दन गाउँपालिका-२ का वडाअध्यक्ष जगदीश प्रसाद गुप्ताले वडा नम्बर २ मा काम शुरु गर्दा वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क नगरी मनोमान ढंगले ठेकेदार पक्षले काम शुरु गरेको आरोप लगाए । स्थानीयको जनगुनासो पश्चात् वडाअध्यक्षले ठेकेदारलाई सम्पर्क गरेपनि सम्पर्कमा नआएको उनको भनाई छ ।
यसबारे थप बुझ्न सडक आयोजनाका इन्जिनियरलाई सम्पर्कमा गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology