काठमाडौं । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो।
बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology