राजेश पराजुली, पोखरा । कास्की गण्डकी प्रदेशअन्तरगत लोकसेवा आयोगले प्रदेश वन सेवामा वन रक्षककालागि इच्छुकलाई दरखास्त आव्हान गरिएको छ ।
प्रदेशले उक्त पदमा १ सय जना स्थायी पदपूर्ति गर्न यही वैशाख ६ गते विज्ञापन खुलाएको छ । विज्ञापनमा दरखास्त बुझाउन न्यूनतम ८ कक्षा पास भएको हुनुपर्ने उल्लेख छ ।
आयोगले जनाएअनुरुप प्रतियोगितात्मक परीक्षा खुल्ला तथा समावेशी ढाँचामा हुनेछ । जहाँ शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तर्वार्ता हुनेछ ।
निवेदन दिन वैशाख २६ गतेसम्म समयावधि छ भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म समय थपिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology