दीपक जैसवाल, लुम्बिनी | रुपन्देहीको सियारी गाउँपालिका-३ सितापुरमा गोली चलेको छ । बुधबार साझ गोली चल्दा स्थानिय १९ बर्षिय बिरेन्द्र केवट घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता प्रहरी नायव उपनिरिक्षक श्यामु अर्यालले घाईतेको भनाई र घाउको प्रकृति हेर्दा गोली चलेको हुन सक्ने बताए ।
केवटले बाख्रा चराई राखेको बेला आफुसंग भएको मोवाईल खोस्न खोज्दा नदिएपछि आफूमाथि गोली प्रहार भएको प्रहरी समक्ष जानकारी गराएको डिएसपि अर्यालले जानकारी दिए ।
घाईते केवटको साप्रामा गोली लागेको बताईएको छ । उनको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology