काठमाडौं । चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे फेङ्ताई जिल्लास्थित निजी अस्पताल चेंगफेंगको भवनमा आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
आयो लागेको डेढ घण्टापछि अग्नि नियन्त्रकहरूले अस्पतालको आगो निभाएका थिए। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार आगो लागेपछि बिरामीहरूलाई कर्मचारी, चिकित्सक र प्रहरीको सहयोगमा अन्य अस्पतालमा स्थानान्तरण गरिएको थियो।
बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको थियो। आगलागीको कारणबारे अनुसन्धान चिनियाँ प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology