Logo

२०८३, कार्तिक २७गते


images
images

रविप्रति घनश्याम भुसालको कटाक्ष: ओली प्रबृत्तिका मानसपुत्र सडकमा नेता बनेर हिडेका छन

रविप्रति घनश्याम भुसालको कटाक्ष: ओली प्रबृत्तिका मानसपुत्र सडकमा नेता बनेर हिडेका छन

images
  • रविप्रति घनश्याम भुसालको कटाक्ष: ओली प्रबृत्तिका मानसपुत्र सडकमा नेता बनेर हिडेका छन
    फाइल फोटो
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् 

    images
    images
    images

    बुधबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए । 

    images
    images
    images

    उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए । उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट सुरु भएको जिकिर गरे । 

    images
    images

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको टिप्पणी गरे । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने बताए । 

    महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भूमरीनजिक रहेको बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।