ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ असार १० गते बिहिबार । तदनुसार २४ जुन २०२१ । माता सरस्वतीको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
आजको पञ्चाङ्ग
वि.सं. असार १०, २०७८ । ई.सं. 24 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । बिहीवार । ज्येष्ठ शुक्लपक्ष । तिथि - पूर्णिमा , २४:२७ बजे उप्रान्त प्रतिपदा । नक्षत्र - ज्येष्ठा , ९:१८ बजे उप्रान्त मूल । योग - शुभ ६:३७ बजेदेखि शुक्ल , २७:४३ बजे उप्रान्त ऐन्द्र । करण - भद्रा १३:३५ बजेदेखि वव , २४:२७ बजे उप्रान्त तैतिल । चन्द्रराशि - वृश्चिक । आनन्दादि योग - काल । दिनमान ३४।३५ । सूर्योदय ५:११ । सूर्यास्त १९:०१ । पूर्णिमाव्रत, मन्वादि, गैंडुपूजा, पनौतीस्नान, पनौतीभैरवभद्रकाली, इन्द्रेश्वररथयात्रा, मष्टोपूर्णिमा, ज्यापुन्हि, सदगुरु कवीर जयन्ती ।
आजको राशिफल:
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुने छैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जाने छैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा) धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) मनमा असन्तोष बढ्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
स्वास्थ्य राम्रो रहनेछ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू) मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुनेछ ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा) धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् । सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology