Logo

२०८३, कार्तिक २६गते


images
images

आइटिएफको विश्व वरियतामा पर्ने पहिलो नेपाली खेलाडी बने पोखरेली टेनिस खेलाडी अभिषेक

आइटिएफको विश्व वरियतामा पर्ने पहिलो नेपाली खेलाडी बने पोखरेली टेनिस खेलाडी अभिषेक

images
  • आइटिएफको विश्व वरियतामा पर्ने पहिलो नेपाली खेलाडी बने पोखरेली टेनिस खेलाडी अभिषेक
    images

    राजेश  पराजुली, पोखरा । पोखरेली टेनिस खेलाडी अभिषेक बाँस्तोला आइटिएफको विश्व वरियतामा परेका छन् । उनी आइटीएफको विश्व वरियतामा १ हजार ७९० औं स्थानमा परेका हुन् ।

    images
    images
    images

    अभिषेक आइटिएफको विश्व वरियतामा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले युनिभर्सल टेनिस रेटिङ प्रोफेशनल सिरिज खेलेका थिए । यो स्तरको खेल खेल्ने अभिषेक नेपालकै पहिलो खेलाडी भएको दाबी गरिएको छ ।

    images
    images
    images

    अभिषेकले ८ वर्षको उमेरदेखि नै टेनिस खेल्न सुरु गरेका हुन् । १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगितामा सहभागिता जनाएका उनले १३ वर्षको उमेरमा अन्तर्राष्ट्रियस्तरको खेल खेलका थिए । कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाईसकेका छन् ।

    images
    images

    २०१७ मा काठमाठौंमा भएको १४ औं राष्ट्रिय लन टेनिसमा अभिषेक च्याम्पियन बन्न सफल भए । अभिषेकले विश्व वरियताको १ हजार स्थानमा उक्लने लक्ष्य लिएका छन् । ‘२०२४ को ओलम्पिक खेल्ने । त्यसपछि ग्रान्ड स्लाम खेल्ने सपना छ’, उनले भने, ‘ग्रान्ड स्लाम भनेको हाम्रो सबैभन्दा ठुलो इभेन्ट हो । त्यसमा खेल्न वल्डको दई तीन सयमा आइपुग्नुपर्छ ।’

    विश्व वरियतामा आफ्नो खेल जीवनमा नयाँ सुरुवात भएको उनले बताए । यो स्थानसम्म आउन आफुले थुप्रै त्याग गरेको बास्तोलले बताए ।

    राज्यकोतर्फ टेनिस खेललाई प्राथमिकता नभएको उनले गुनासो गरे । राज्यले साथ नदिएपनि टेनिस खेलबाट नेपाललाई चिनाउने लाग्ने उनको भनाइ छ ।

    टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ्यले राज्यको सहयोग बिना नै व्यक्तिगत मेहनतले अभिषेकले प्राप्त गरेको सफलता प्रशसंनीय रहेको बताए ।

    ‘यो अवस्थामा ल्याउन राज्यले पनि धेरै सहयोग गर्नपर्ने हो । एशोसियसनले पनि सहयोग गर्न पर्ने हो । त्यो अवस्था हुन सकेको छैन’, उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइटिएफ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।