रमेश सिंह, बझाङ । बझाङका जिल्ला को स्थानीय तहमा ६७ करोड बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार जिल्लाका १२ वटै स्थानीय तहमा ६७ करोड ९४ लाख ९२ हजार बेरुजु रकम देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवदेन अनुसार जिल्लाको सबैभन्दा बढी बेरुजु रकम बुङगल नगरपालिकामा देखिएको छ भने सबैभन्दा कम मष्टा गाउँपालिकामा देखिएको छ ।
सबैभन्दा बढी बुङगल नगरपालिकामा १२ करोड ९२ लाख २८ हजार बेरुजु छ भने सबै भन्दा कम मष्टा गाउँपालिकाको १ करोड २९ लाख ३९ हजार बेरुजु देखिएको छ । यस्तै जयपृथ्बी नगरपालिकाको ४ करोड ४३ लाख २४ हजार, केदारस्यु गाउपालिकाको ११ करोड ६९ लाख ७३ हजार ,छबिसपाथीभेरा गाउपालिका ३ करोड २१ लाख ४१ हजार र तल्कोट गाउपालिका ५ करोड ८५ लाख ३५ हजार बेरुजु देखिएको छ ।
यस्तै जिल्लाको थलारा गाउपालिका ८ करोड ४१ लाख ४७ हजार बेरुजु देखिएको छ भने सुर्मा गाउँपालिकामा २ करोड ६४ लाख ३६ हजार बेरुजु देखिएको हो । यस्तै खप्तडछान्न गाउँपालिकामा ४ करोड ४१ लाख १८ हजार बेरुजु देखिएको छ भने जिल्लाको बित्थडचिर गाउँपालिकामा ४ करोड ६१ लाख ९४ हजार बिरुजु देखिएको छ भने साइपाल गाउपालिकामा १ करोड ६३ लाख १८ हजार बेरुजु देखिएको मा उता दुर्गाथलि गाउपालिकामा ६ करोड ८१ लाख ३९ हजार बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीयतहमा बेरुजु रकम बढ्दै गएको हो । सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology