Logo

२०८३, कार्तिक २७गते


images
images

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारत जाँदै पोखरेली व्यवसायी टोली

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारत जाँदै पोखरेली व्यवसायी टोली

images
  • पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारत जाँदै पोखरेली व्यवसायी टोली
    images

     राजेश  पराजुली, पोखरा ।  पोखरेली पर्यटन व्यवसायीको एउटा टोली पर्यटन प्रवर्द्धन गर्न भारतका चार वटा सहर जाने भएको छ ।नेपाल टुर्स एण्ड टाभल एजेण्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा व्यवसायी भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर जान लागेका हुन् 

    images
    images
    images

    नाट्टा गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर आफूहरू आइतबारदेखि पाँच दिनलाई भारत जान लागेको जानकारी दिएको हो । पोखराबाट जाने टोलीले चार वटा सहरका पर्यटनसम्बद्ध सरकारी र निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारलाई भेट्ने छ ।

    images
    images
    images

    पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य र गतिविधिबारे श्रव्यदृश्य सामग्रीमार्फत उनीहरूलाई जानकारी दिइने नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीले बताए । गण्डकी प्रदेश शालिग्राम पाइने क्षेत्र भएकाले त्यसलाई प्रचार गर्न सके भारतीय पर्यटक बढाउन सकिने उनले बताए ।
    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारत जान लागेको टोलीलाई पोखरा महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरेली व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।