Logo

२०८३, आश्विन ९गते


images
images

पोखराका गुरुङ र तामाङ समुदायले नाचगान गर्दै झांकीसहित मनाए ट्होटे पर्व

पोखराका गुरुङ र तामाङ समुदायले नाचगान गर्दै झांकीसहित मनाए ट्होटे पर्व

images
  • सेतोमसी सहकर्मी
  • पोखराका गुरुङ र तामाङ समुदायले नाचगान गर्दै झांकीसहित मनाए ट्होटे पर्व
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखराका गुरुङ समुदायले मंगलबार सांस्कृतिक पर्व ट्होटे मनाएका छन् ।गुरुङ भाषामा ‘ट्हो’को अर्थ राज्य र ‘टे’को अर्थ धपाउने भन्ने हुन्छ । यो पर्व मनाउनाले रोग व्याधी हट्ने, प्राकृतिक प्रकोप कम हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ ।

    images
    images
    images

    पर्वको अवसरमा परम्परागत भेषभूषामा नाचगान गर्दै झांकीसहितको र्यालीले बजार परिक्रमा गरेको थियो । पोखराको रंगशालाबाट सुरु भएको र्याली पृथ्वीचोक हुँदै नयाँबजारस्थित तमु धीं नेपालको परिसरमा पुगेर औपचारिक कार्यक्रममा बदलिएको थियो ।

    images
    images
    images

    गुरुङ समुदायको साझा संस्था तमु धीं नेपालको अगुवाइमा २०५२ सालदेखि पोखरामा ट्होटें पर्व मनाइँदै आएको छ । साउन र चैत महिनाको अन्तिम मंगलबार गुरुङ र तामाङ समुदायले यो पर्व मनाउने प्रचलन छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्होटे पर्व
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।