Logo

२०८३, आश्विन ९गते


images
images

सरकार पहिलो दिनदेखि नै निजी क्षेत्रको समस्या समाधानमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

सरकार पहिलो दिनदेखि नै निजी क्षेत्रको समस्या समाधानमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

images
  • सरकार पहिलो दिनदेखि नै निजी क्षेत्रको समस्या समाधानमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले निजी क्षेत्रको समस्या राम्रोसँग बुझेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या बुझेको बताएका हुन् ।

    images
    images
    images

    उनले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकारको नेतृत्व गरेको पहिलो दिनदेखि नै लागि परेको बताए । उनले भने, ‘सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकट उन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल भइरहेको छ ।’

    images
    images
    images

    नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति एवं आयामका कारण हाम्रो अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको प्रधानमन्त्रीको भनाई छ । यद्यपि, कठिन परिस्थितिमा पनि आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि सरकार अघि बढिरहेको उनले बताए ।

    images
    images
    images

    ‘नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई सङ्कटबाट मुक्त गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सरकारसँग मिलेर काम गर्ने जुन सङ्कल्प गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूको यो सङ्कल्पका निम्ति आभार प्रकट गर्दै नेपाल सरकारको तर्फबाट सम्पूर्ण रूपले सहयोग रहने प्रतिबद्धता व्यक्त गर्छु ।’

    वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको छ । यस सन्दर्भमा बेलाबखत व्यवसाय सञ्चालनमा आउने बाधा र अवरोधहरूमा राज्यले सहजीकरण गर्नुपर्ने बारे सरकार जानकार रहेको प्रचण्डले बताए ।

    ‘निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ,’ दाहालले भने, ‘मैले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधार ल्याउन राज्य र निजी क्षेत्रबीच गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको थिएँ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।