ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ असार ८ गते मंगलबार । तदनुसार २२ जुन २०२१ । श्री गणेश्जीको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
आजको पञ्चाङ्ग
वि.सं. असार ०८, २०७८ । ई.सं. 22 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । मंगलवार । ज्येष्ठ शुक्लपक्ष । तिथि - द्वादशी , ७:४२ बजे उप्रान्त त्रयोदशी । नक्षत्र - विशाखा , १२:३५ बजे उप्रान्त अनुराधा । योग - सिद्ध , १२:४१ बजे उप्रान्त साध्य । करण - वालव ७:४२ बजेदेखि कौलव , १८:२७ बजे उप्रान्त भद्रा । चन्द्रराशि - तुला । आनन्दादि योग - श्रीवत्स । दिनमान ३४।३६ । सूर्योदय ५:११ । सूर्यास्त १९:०१ । प्रदोषव्रत, भूमीरज ।
आजको राशिफल:
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । चोट पटकको सम्भावना रहेकोछ । यात्रामा सतर्क रहनुहोला । मन प्रसन्न रहने छैन । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनुहोला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहनेछैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) बाहनबाट सुख मिल्नेछ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा) शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) वायु विकारको योग वनेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आफन्तहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । काम विग्रने खालको समय छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धनलाभ हुने योग छ । शत्रु पराजित हुनेछन । पढाइमा मन जानेछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पठनपाठनमा बाधा पुग्ने खालको दिन रहेको छ । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउनेछ । खानपानमा ख्याल गर्नुहोला ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू) रोगबाट छुट्कारा मिल्नेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजनका साथै ऐश्वर्य प्राप्तिको योग छ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) काममा बाधाका साथै शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक खर्चमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) कामहरु बन्दै जाने छन् । आफन्त तथा मित्र मिलनको योग छ । धन प्राप्त हुनेछ । व्यवसायबाट राम्रो फाइदाहुने दिन रहेको छ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् । सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology