Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलका व्यावसायीलाई मृगेन्द्र शेरचनको राहत, घरभाडामा २० प्रतिशतसम्म छुट

बुटवलका व्यावसायीलाई मृगेन्द्र शेरचनको राहत, घरभाडामा २० प्रतिशतसम्म छुट

images
  • बुटवलका व्यावसायीलाई मृगेन्द्र शेरचनको राहत, घरभाडामा २० प्रतिशतसम्म छुट
    images
    images

    कृष्ण अन्जान, बुटवल । सबैलाई थाहा छ, यतिबेला व्यवसायीहरु आर्थिक मन्दिले ग्रसित छन । व्यवसाय चौपट भएपछि शहर बजार क्षेत्रमा व्यवसायीहरु घरभाडा तिर्न नसकेर पलायन भएका खवरहरु आईरहेका छन । बुटवलका मुख्य बजार रुकाे व्यापार पनि सुनसान छ । हरेक व्यापारीहरु निराश मात्र छैनन, परिस्थितिकाे कसरी सामना गर्ने भन्नेमा चिन्तित छन । 

    images
    images
    images

    यसै परिदृष्यमा आर्थिक मन्दिकाे कठिन अवस्थालाई बुझेर आफ्नो घरमा भाडा लिएर व्यापार व्यवसाय गर्नेहरुलाई राहत दिनुपर्ने माग समेत व्यवसायीले बेलाबखत राख्ने गरेका छन्। र, यसकाे शुरुवात भएकाे छ, बुटवलका घरधनी मृगेन्द्र कुमार शेरचनबाट ।  राप्रपाका नेता समेत रहेका शेरचनले घरबहालमा १५ देखि २० प्रतिशत छुट दिएका छन । आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा बस्ने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशतसम्म छुट दिएका हुन ।

    images
    images
    images

    पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन गाह्राे भएकाले  व्यवसायीहरुलाई राहत स्वरुप बहालमा छुट गरिएको  शेरचनले बताए  । उनले  हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताए ।

    images
    images
    images

    शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गरेका थिए । सामाजिक सेवामा निरन्तर लागेका उनले कोरोनाको महामारीको समयमा राहत स्वरुप गरिव विपन्न परिवारहरुलाई खाद्यान्न वितरण समेत गरेका थिए ।

    शेरचन संचार उद्यमी समेत हुन, उनले आफ्नै घर बुटवल अमर पथमा तिनाउ एफएम पनि सम्चालन गर्दै आईरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।