Logo

२०८३, आश्विन १०गते


images
images

कर्मचारीलाई सम्मान र पुरस्कृत गर्दे भरतपुर अस्पतालले मनायाे बार्षिकाेत्सव

कर्मचारीलाई सम्मान र पुरस्कृत गर्दे भरतपुर अस्पतालले मनायाे बार्षिकाेत्सव

images
  • कर्मचारीलाई सम्मान र पुरस्कृत गर्दे भरतपुर अस्पतालले मनायाे बार्षिकाेत्सव
    images
    images

    चितवन । चितवनको  भरतपुर अस्पताल आज शनिबारदेखि ६८ बर्षमा प्रवेश गरेको छ । स्थापनाको ६७ औं बर्ष पार गरेको अबसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज एक समारोह आयोजना गरी बार्षिकोत्सव मनाएको छ ।

    images
    images
    images

    रक्तदान,बिभिन्न खेलकुद प्रतियोगिता,सरसफाई लगायतका काम गरेको अस्पतालले शनिबार बिहान पूजापाठ,सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको थियो भने दिउसो समारोह आयोजना गरिएको हो ।

    images
    images
    images

    सो अवसरमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले अस्पतालको प्रमुख काम नै बिरामीको सेवा दिनु भएकोले यस बिषयमा कसैसंग सौदाबाजी नहुने बताउनुभयो । डा पोखरेलले भरतपुर अस्पताल भौतिक पूर्वाधार र सेवामा पनि अव्वल रहेको भन्दै यसलाई समय सापेक्ष परिवर्तन गर्ने काममा अस्पताल नेतृत्व र सबै कर्मचारी लागिरहनुपर्नेमा जोड दिनुभयो ।डा पोखरेलले भन्नुभयो,“मन्त्रालयका लागि भरतपुर अस्पताल भ्याली बाहिरको सबैभन्दा महत्वपूर्ण अस्पताल हो, अस्पतालमा भीड बढ्नु राम्रो हो ,त्यसलाई व्यवस्थित गर्दे जाने हो ।”

    images
    images
    images

    उहॉले भरतपुरमा बिमा राम्रो भएको उल्लेख गर्दे अझै राम्रो बनाउन काम गर्नेलाई इन्सेटिभ दिई मोटिभेसन गर्न अस्पताल प्रशासनलाई सुझाव समेत दिनुभयो ।“भरतपुरमा मेडिकल कलेजको कन्सेप्ट छ,सरकारले निर्णय गरिसक्यो,अझै एकीकृत कसरी जाने भन्ने बिषय अझै छिट्टै क्लियर गर्दे जाने छौं ।” डा पोखरेलले भन्नुभयो ।

    सो अवसरमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर अस्पताल चितवनको मात्रै नभई मध्यक्षेत्रकै शानका रुपमा अगाडि बढेको उल्लेख गर्दे अस्पतालको उन्नयनका लागि महानगर सदैव तयार रहेको बताउनुभयो ।
    अस्पतालका अध्यक्ष राजु पौडेलले सरकारले केहीदिन अघिमात्रै अस्पताललाई मेडिकल शिक्षा दिने हिसावले पनि बिकास गर्ने भनी निर्णय गरिसकेकोले अब स्वास्थ्य र मेडिकल शिक्षामा भरतपुर अस्पताल कोशेढुङ्गा सावित हुने दावी गर्नुभयो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले अहिलेको नेतृत्वले भौतिक पूर्वाधार र सेवामा फड्को मार्ने प्रयाशस्वरुप काम गरिरहेको दावी गर्नुभयो ।
    डा पौडेलले यसैबर्ष आकस्मीक बिभागको भवन निमार्ण सम्पन्न भई अत्याधुनिक उपकरण सहित सेवा शुरु भएको,बिलिङ काउन्टरहरु बिस्तार गरिएको,बृद्धबृद्धाका लागि छुट्टै टिकट काउन्टर शुरु गरिएको , भीडभाड कम गर्न अधिकमतम प्रयाश गरिएको,सि व्लकमा ल्यावका सबै काम शुरु भएको,अस्पतालको सरसफाई र व्यूटिफिकेसनको काम भईरहेकोले अब केही समयमा परिबर्तन देखिने गरी काम गरिरहेको बताउनुभयो । अस्पतालको मुख्य आम्दानीको स्रोत नै बिमा भएको र भरतपुर अस्पतालमा बिमा अत्यन्तै प्रभावकारी भएकोले बिमाको सेवालाई एकीकृत,अझ व्यवस्थित र कम झन्झटिलो बनाउन लागिपरेको डा पौडेलको भनाई थियो । मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी नभएकोले ओएनएम सर्भे अनुसार कर्मचारी पठाई तत्काल समस्या समाधानका लागि मन्त्रालय र सिङ्गो सरकारको समेत ध्यानाकर्षण गर्नुभएको छ ।
    अस्पताल बिकास समितिका पूर्व अध्यक्ष डा भोजराज अधिकारीले गएको १० बर्षमा अस्पतालमा भौतिक पूर्वाधारका काम भएको उल्लेख गर्दे अबको बर्ष सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    अस्पतालको बार्षिकोत्सव समारोहमा उत्कृष्ट कर्मचारीका रुपमा डा केशव पौडेल,अहेव आनन्द चौधरी,स्टाफनर्स सुनिता गुरुङ,अप्सरा कोइराला,उपप्राध्यापक बिजया ढकाल र भवानी पौडेल नगद दश हजार सहित पुरस्कृत हुनुभएको छ भने बिमा प्रमुख लिलाधर पौडेल कोरोना भाईरस संक्रमणको संकटपूर्ण घडिमा बिशिष्ठ योगदान पुर्याउनु भएकोमा सम्मानित हुनुभएको छ । त्यसैगरी अगुवा पोल्ट्रीव्यवसायी गुणचन्द्र बिष्टले कोभिडको समयमा ५० लाख बराबरको पिसिआर मेशिन उपलव्ध गराउनुभएकोमा सम्मानित हुनुभएको छ । साथै अस्पतालबाट बिभिन्न समयमा सेवा निबृत्त हुनुभएका कर्मचारीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
    २०१३ सालमा स्वास्थ्यकेन्द्रका रुपमा स्थापित भई क्रमश बिकास भएको भरतपुर अस्पतालले अहिले केन्द्रीय अस्पतालका रुपमा सेवा दिईरहेको छ । बर्तमान सरकारले भरतपुर अस्पताललाई मेडिकल कलेजमा रुपमा संचालन गर्ने निर्णय गरिसकेकोले यतिबेला सबैको ध्यान भरतपुर अस्पतालले तानेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरतपुर अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।