Logo

२०८३, कार्तिक २६गते


images
images

मुआथाई गण्डकीले विद्यार्थी लक्षित ‘स्प्रिङ क्याम्प’ गर्ने

मुआथाई गण्डकीले विद्यार्थी लक्षित ‘स्प्रिङ क्याम्प’ गर्ने

images
  • मुआथाई गण्डकीले विद्यार्थी लक्षित ‘स्प्रिङ क्याम्प’ गर्ने
    images

    राजेश  पराजुली, पोखरा । नेपाल मुआथाई गण्डकी प्रदेशले विद्यार्थीहरु लक्षित स्प्रिङ क्याम्पको आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    संघ गठन भएको एक साता समेत नवित्दै उक्त कार्यक्रमको घोषणा गरेको हो । सो बारे जानकारी दिंदै संघका अध्यक्ष दीपक गोदारले ४५ दिने क्याम्पका लागि आगामी बैशाख ३ गतेबाट १५ गते सम्म दर्ताका लागि तोकिएको बताए । मुआथाई खेलको ग्रासरुट बाटै विकास गर्ने उद्धेश्य संगै हालै परिक्षा दिएर घरमा बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै यो कार्यक्रम तय गरिएको उनले बताए ।

    images
    images
    images

    “अहिले परिक्षा दिए संगै विद्यार्थीहरु के गर्ने भन्ने बारे अन्यौल छन् । उनीहरुलाई मार्शल आर्ट खेलको एक महत्वपूर्ण खेलको रुपमा नेपालमा विकास भइरहेको मुआथाई खेलको प्रशिक्षण गराउन चाहन्छौं” महासचिव खगेन्द्र क्षेत्रीले भने–“यो कार्यक्रमले विद्यार्थीहरुलाई शारिरिक र मानसिकरुपमा समेत अघि बढ्न तथा अभिभावकहरुलाई समेत केही राहत हुनेछ ।”

    images
    images

    कक्षा ६ देखि एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी यो क्याम्प राखिएको जानकारी दिंदै निशुल्क रुपमा प्रशिक्षणको व्यवस्था समेत गरिएको महासचिव क्षेत्रीले जनाए । यो पहिलो चरणको कार्यक्रम रहेकोले पनि उनले सबै अभिभावकहरुलाई पोखरा रंगशालामा ल्याउन र खेलकुदमा आफ्ना बालबालिकालाई अघि बढाउन आग्रह गरे ।

    नेपालकै पहिलो परियोजनाका रुपमा अघि सारिएको यो क्याम्पलाई प्रदेश खेलकुद परिषद गण्डकी र खेल्छ गण्डकीले सहयोग गर्ने भएको महासचिव क्षेत्रीले जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुआथाई गण्डकी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।