Logo

२०८३, कार्तिक २७गते


images
images

तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाए

तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाए

images
  • तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाए
    images

    नवलपरासी । नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका  छन् । 
    नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् । 

    images
    images
    images


    कार्यक्रममा प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार  तथा जिल्ला ईञ्चार्ज संकल्पले क्रान्तिकारीहरुको एकताको लागि आजको दिन महत्वपूर्ण रहेको उल्लेख गरे  ।उनले क्रान्तिकारी माओवादी र नेकपा(बहुमत) बीचको एकताले क्रान्तिकारीहरु बीच नयाँ आशा संचार भएको बताए ।

    images
    images
    images


    कार्यक्रममा नेकपा( बहुमत) महाधिवेशन आयोजक समिति सदस्य एवं  जिल्ला ईञ्चार्ज शितलले क्रान्तिकारी एकताबाट देशमा नयाँ धुब्रीकरण शुरु भइसकेको औल्याए ।

    images
    images


    कार्यक्रममा नेकपा( मशाल) का जिल्ला सेक्रेटरी  मिलन; जिल्ला सदस्य बिस्फोटलगायतले बोलेका थिए । कार्यक्रम नेकपा (बहुमत)का जिल्ला संयोजक दिपको अध्यक्षता क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी समरको संचालनमा भएको थियो ।  तीनवटै पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेर बैचारिक बहस गर्दै आएका थिए ।  बैचारिक बहसबीच नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच  शुक्रबार  पार्टी  एकता घोषणा   सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम काठमाडौमा गरिएको थियो ।


    कार्यक्रममा स्वबियुमा निर्वाचित भएका  बिद्यार्थी नेता सन्देश सापकोटालाई बधाई तथा सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।