बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले एचआइभि संक्रमितहरुको मानव अधिकारको संरक्षक गर्न प्रदेश सरकार र प्रदेश सभा प्रतिबद्ध रहेको बताएका छन ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शनिवार भैरहवामा भएको एचआइभि संक्रमितहरुको मानव अधिकारको अवस्थामा विषयक अन्तरकृया कार्यक्रममा सभामुख घर्ती मगरले संक्रमितको अधिकार संरक्षक हुने गरि उनीहरुलाइ स्वास्थ्य शिक्षा, रोजगारी आदिलाई प्राथमिक दिएर कार्यक्रम तथा निति निर्माण गर्ने बताएका थिए । स्वास्थ्य कानुनमा संक्रमितहरु लाई सम्बोधन हुने गरि कानुन बनाउन आफु तयार रहेको बताएका छन ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचीव कृष्ण प्रसाद पन्थले संक्रमितहरुको शिक्षा स्वास्थको सहज पहुँचको लागी समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी एचआईभी संक्रमितहरुको क्षेत्रमा कार्यरत संघका प्रतिनिधिहरुले संक्रमितहरुको गोपनियता , शिक्षा , स्वास्थ्य तथा बाच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले एआरटि सेन्टरको ब्यावस्थानमा अस्पतालले चासो नदिएको गुनासो गरेका थियो । मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्ब नारायण चौधरी, शिद्धार्थनगर नगरपालिका उपमेयर उमा काफ्ले, रोहिणि गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव , उपाध्यक्ष शिबकान्ति चमार लगायतले पालिकाले संक्रमितहरुको लाभ हुने गरि रणनीति योजनामा समाबेश गरेर लैजाने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सुशीला बेल्बासे प्रदेश सरकार र स्थानीय तहले नीतिनिर्मातामा संक्रमितहरुको समस्या सम्बोधन गरिनु पर्नेमा जोड दिए ।
आयोगका सचीव मुरारी प्रसाद खरेल, आयोगका उप सचीव बुद्ध नारायण साहनि , बुटवल कार्यलयका अधिकृत दिपक ठाकुरले मानव अधिकारको सवालमा विभिन्न सरोकारवाला संघसंगठनसंग सहकार्य गरि काम गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology