Logo

२०८३, कार्तिक २७गते


images
images

बाबुको ठेगान नभएका बच्चालाई मावलीको थरमा जन्मदर्ता गर्न सर्कुलर

बाबुको ठेगान नभएका बच्चालाई मावलीको थरमा जन्मदर्ता गर्न सर्कुलर

images
  • बाबुको ठेगान नभएका बच्चालाई मावलीको थरमा जन्मदर्ता गर्न सर्कुलर
    images

    काठमाडौँ। एकल महिलाबाट जन्मेका र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न गृह मन्त्रालयले देशभरका स्थानीय तहमा सर्कुलर गरेको छ।

    images
    images
    images

    राष्ट्रिय परिचयपत्र विभाग तथा पञ्जीकरण विभागले अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता गर्ने विषयमा दोहोरो दर्ता नहुने गरी दर्ता गर्न सर्कुलर गरेको हो।

    images
    images
    images

    अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता मामलीको थरमा हुने भएको छ। विवाह अघि जन्म भएको तर पिताको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ।
    विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिन भनिएको छ।

    images
    images

    तर पछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा पहिलेको जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिने भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।