Logo

२०८३, कार्तिक २७गते


images
images

धुलाेले मच्यायाे वितण्डा

धुलाेले मच्यायाे वितण्डा

images
  • सेतोमसी सहकर्मी
  • धुलाेले मच्यायाे वितण्डा
    images

    कृष्ण अन्जान,थाेर्गा गुल्मी । गाउँ घरमा यतिबेला सडक निर्माणका कार्यहरु जाेडताेडका साथ भईरहेकाे छ । कतै ठुला राजमार्ग त कतै साना सडकहरू बन्दै गर्दा सडककाे धुलाे नियन्त्रण नहुँदा सर्वसाधारण र स्थानीय वासिन्दाहरुले महा सास्ती भाेग्नु परेकाे छ ।

    images
    images
    images


    रुरुक्षेत्र गाउँ पालिका वडा न १ र ३ भएर जाने मदन भण्डारी राजमार्गकाे पुनर्निर्माण कार्य शुरु हुँदा यतिबेला त्याे क्षेत्रकाे पानीटँकी देखि रातामाटा खण्डमा चल्ने सवारी साधन देखि ढुवानी र अन्य साधनहरु पानी टँकी स्यालपाेखरी सालबिसाउना निर्माणा धिन सडकमा चल्न थालेपछि याे क्षेत्रमा धुलाे प्रदुषणले स्थानीय बासिन्दा अक्रान्त भएका छन ।
    एकातिरकाे सडक निर्माण हुँदा वैकल्पिक रुपमा सडक प्रयाेग त हुनु पर्छ तर सडकमा उडेको धुलाे नियन्त्रण गर्ने काम निर्माण कम्पनीले गर्नु पर्छ स्थानीय बासिन्दाकाे माग छ।
    सालविसाउना स्यालपाेखरी माझगाउँ पानीटँकि सडककाे अधिकाँश भाग थाेर्गा गाउँकाे घना बस्तीकाे बिच भएर जान्छ ।मुख्य दाेबाटा ,बिसाउना ,तल्लार ,स्यालपाेखरी,खाेरबारीपाेखरा ,माझगाउँ ,
    बिहार पाेखरा ,चापाखर्क ,पाेख्रेल टाेला ,काेट र मगरगाउँ क्षेत्रका सयौँ घरहरुमा बस्ने स्थानीय बासिन्दाहरु अत्यधिक धुलाेकाे प्रदुषणकाे चपेटामा छन ।
    स्थानीय बासिन्दाहरुले स्थानीय तह मार्फत याे क्षेत्रमा दैनिक दुई पटक निर्माण कम्पनीहरुले सडकमा पानी छर्किन माग गरेपनि यसबारे कुनै सुनुवाइ भएकाे छैन ।
    सडक निर्माण आवश्यकता हाे तर यस कार्यले धुलाे प्रदुषण ले जनस्वास्थ्यमा असर प्रति निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने र यथासिघ्र सडकमा पानी छम्केर धुलाे नियन्त्रण गर्नु पर्ने पिडीत जनताकाे माग छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।