Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरा-१८ मा वडाध्यक्ष पदको मत पुनगणना गर्ने फैसला

पोखरा-१८ मा वडाध्यक्ष पदको मत पुनगणना गर्ने फैसला

images
  • सेतोमसी सहकर्मी
  • पोखरा-१८ मा वडाध्यक्ष पदको मत पुनगणना गर्ने फैसला
    images

    राजेश  पराजुली, पोखरा । पोखरा निर्वाचन सम्पन्न भएको झन्डै ११ महिनापछि उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा वडाध्यक्ष पदको मत पुन: गणना गर्न आदेश दिएको छ ।

    images
    images
    images

    कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार वडा १८ को वडाध्यक्ष पदको मत उच्च अदालतको रोहवरमा वैशाख २० मा पुन: गणना गर्ने फैसला गरेको हो ।

    images
    images
    images

    नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार पुस्कल थापाले पुन: मतगणना गर्न पाउनुपर्ने भन्दै दिएको उजुरीको पक्षमा अदालतले यस्तो आदेश दिएको हो ।

    images
    images

    गत ३० वैशाखमा भएको स्थानीय तहको चुनावमा एमालेका उम्मेदवार थापाको भन्दा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाको ३ मत बढी आएपछि तिमिल्सिनालाई विजयी घोषणा गरिएको थियो ।

    तर, उतिबेलै खसेको मत भन्दा ९ मत कम गणना भएको र उक्त मत आफ्नो भएको भन्दै पुन मतगणनाको माग राखेका थापाले उच्च अदालत पोखरामा उजुरी दिएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार तिमिल्सिनाले १६ सय ४३ र थापाले १६ सय ४० मत प्राप्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वडाध्यक्ष पद
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।