राजेश पराजुली, पोखरा । पोखरामा पछिल्लो समय बढेको दुर्घटनापछि समबन्धित निकायहरुले चासो राखेका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिक समाज, ट्राफिक प्रहरी र सरोकारवालासँग छलफल गरी मापदणड निर्धारण गरेको छ ।
प्रशासन कार्यालयले नगर र माइक्रोबसका सरोकारवाला निकायलाई दुर्घटना न्यूनीकरण गर्न ३ बुँदै मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
उल्लेखित मापदण्डमा नगरभित्र सञ्चालित सार्वजनिक बसहरुले अधिकतम गति नियन्त्रण गर्नुपर्ने जनाइएको छ । मापदण्डमा गति उल्लेख नगरिएपनि सामान्यतयः २० देखि ३० किलोमिटर प्रतिघण्टा मापन गरिएको अन्तर्राष्ट्रिय अभ्यास छ ।
त्यस्तै, सार्वजनिक गाडीले उल्लेखित बस स्ट्याण्डमामात्रै यात्रु चढाउने र झार्ने व्यवस्था गर्न कडाइकासाथ लागु गर्ने उल्लेख गरिएको छ । साथै, बस चालकहले ओभरटेक गर्न नपाइने निर्देश गरिएको छ ।
यससँगै प्रशासनले यातायात व्यवसायीहरुलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा चालक र सहचालकलाई सचेतनामूलक प्रशिक्षणको व्यवस्था गर्न अनुरोध गरेको छ ।
ट्राफिक प्रहरी कास्कीको रेकर्ड अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सय बढी दुर्घटना भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology