Logo

२०८३, आश्विन ९गते


images
images

सम्राट ढुङ्गानालाई अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पूर्ण छात्रवृत्ति

सम्राट ढुङ्गानालाई अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पूर्ण छात्रवृत्ति

images
  • सम्राट ढुङ्गानालाई अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पूर्ण छात्रवृत्ति
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखराको मदरल्याण्ड मा वि बाट भर्खर १२ पास गरेका सम्राट ढुङ्गानाले अमेरिकाको विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
    विश्वका विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि सबैको रोजाइमा परेको उक्त विश्वविद्यालयले कमै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने गर्दछ भन्दै उक्त विश्वविद्यालयमा अध्ययनका लागि यस वर्ष विश्वभरिबाट छपन्न हजार नौ सय सैँतिस विद्यार्थीहरूले आवेदन दिएका थिए भने तीमध्ये एक हजार नौ सय बयालिसले मात्र भर्ना हुने अवसर पाएका छन् र यो आवेदकमध्ये ३।४१ प्रतिशत मात्र हुन आउने कुरा विद्यालय स्रोतले बताएको छ।

    images
    images
    images

    कलेज तथा विश्वविद्यालयको इतिहासमा सबैभन्दा कम प्रवेशदर भएको दोस्रो वर्षमा पनि आफू छनोट भई सबैले चिनेको प्रख्यात विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाएकामा खुसी भएको र सफलतापूर्वक उक्त तह पूरा गर्ने चुनौती पनि थपिएको कुरा सम्राटले बताएका छन्।

    images
    images
    images

    अध्ययन अवधि सन् २०२७ सम्मको चार बर्से स्नातक तहको उक्त छात्रवृत्ति करिब ५ करोडको रहेको र विषय पछि छान्न मिल्ने कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिए।

    images
    images
    images

    कक्षा चारदेखि बाह्रसम्म कदरल्याण्डमा अध्ययन गरेका अत्यन्त मिलनसार तथा अनुशासित सम्राट विद्यालय तहमा सधैँ अब्बल विद्यार्थीका रूपमा रहेको र उनले सधैँ अनुसन्धानको शैलीमा अध्ययन गर्ने गरेको विद्यालयले बताएको छ।

    यद्यपि सम्राट दस जोड दुईको विज्ञान समूहबाट २०७९ सालको कक्षा १२ को बोर्ड परीक्षामा ३।८८ जिपिएका साथ गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेका थिए।

    त्यसैगरी मदरल्याण्डबाट बाह्र कक्षा पूरा गरेका कुसुम सुवेदी, ग्लिम्स पाण्डे, प्रकृति थापा, अस्मिता भण्डारी, निशान्त चौधरी, अनिष भण्डारी, आलोक पौडेल, सन्देश पोख्रेल र प्रशान्त गुरुङले अमेरिका तथा विश्वका ख्याति प्राप्त कलेजबाट विभिन्न सङ्कायमा स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेको कुरा विद्यालयका दस जोड दुईका इन्चार्ज नारायण आचार्यले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।