Logo

२०८३, कार्तिक २७गते


images
images

डिजेल र पेट्रोल प्रतिलिटर १० रुपैयाँ घट्यो

डिजेल र पेट्रोल प्रतिलिटर १० रुपैयाँ घट्यो

images
  • डिजेल र पेट्रोल प्रतिलिटर १० रुपैयाँ घट्यो
    images

    काठमाडौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँको दरले मूल्य समायोजन गरेको छ।

    images
    images
    images

    त्यसैगरी आन्तरिक विमानले प्रयोग गर्ने हवाइ इन्धनमा १० रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्यमा प्रतिकिलोलिटर ७० डलर घटाइएको निगमले जनाएको छ।

    images
    images
    images

    निगम प्रवक्ता मनोज ठाकुरका अनुसार सोमबार रातिदेखि लागू हुने गरी मूल्य घटाइएको हो। अब पेट्रोल एक सय ७५ रुपैयाँ प्रतिलिटरमा कारोबार हुनेछ भने डिजेल र मट्टितेल समान एक सय ६५ रुपैयाँ प्रतिलिटरमा कारोबार हुनेछ।

    images
    images

    त्यस्तै, आन्तरिक हवाइ इन्धन एक सय ६० रुपैयाँ र बाह्य हवाइ इन्धन १.३५० डलर प्रतिलिटरमा कारोबार हुने प्रवक्ता ठाकुरले जानकारी दिए। 

    ग्यासमा भने अझै पनि पाँच सय ४५ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान रहेकाले मूल्य यथावत राखिएको निगमले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।