Logo

२०८३, कार्तिक २७गते


images
images

दलहरुको बिचमा सहकार्य र हार्दिकता आबश्यक छः काँग्रेस महामन्त्री शर्मा

दलहरुको बिचमा सहकार्य र हार्दिकता आबश्यक छः काँग्रेस महामन्त्री शर्मा

images
  • सेतोमसी सहकर्मी
  • दलहरुको बिचमा सहकार्य र हार्दिकता आबश्यक छः काँग्रेस महामन्त्री शर्मा
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनैतिक दलहरु बिच सहकार्य र हार्दिकताको आबश्यकता रहेको बताएका छन । गठवन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आम सभालाई सम्बोधन गर्दै उनले दलहरु बिच द्धन्द्ध हुन नहुने बताए 

    images
    images
    images

    देशभित्र अबसरको खोजी गरिरहेका नागरिकहरुलाई सो को सृजना गर्नका लागि बदलिएको राजनितिको बिषय वन्नु पर्ने उनको भनाई थियो ।आज दलहरुका बिचमा द्धन्द्ध होईन सहकार्य र हार्दिकता अहिलेको राजनितिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाई भएको उनले बताए । राजनीति गर्ने युवाले आकर्षित वन्नु पर्ने अहिलेको बिषयबस्तु भएको उनको जिकिर थियो ।

    images
    images
    images

    फरक प्रसंगमा बोल्दै उनले पार्टी भित्र असन्तुष्टि राख्नेहरुलाई घर फर्कन आग्रह भएको छ । पार्टी भित्रका असन्तुष्टिहरुलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकीने उनले बताए ।घर छोडेर गएकाहरु आफ्नै घर फर्कीएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु ।हामीले उता र्पम लाएको हो । अव फर्कन्छौ भन्ने कार्यकता पनि पाएको छु ।” घरघरमा वसेर सोच्न र व्युझनका लागि कार्यकर्तालाई अनुरोध गर्दछु ।

    images
    images

    वैशाख १० गते चितवन २ को परिणाम बदलिने उनको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजार भन्दा बढि मानिसले उता पर्म लाएका थियौं । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ 

    कार्यक्रममा नेपाली काङ्ग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय डीनले पार्टी भित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताए । काङ्ग्रेस वलियो भए लोकतन्त्र वलियो हुने भन्दै उनले उपनिर्बाचनमा गठवन्धनका उम्मेदवारहरुले जित निकाल्नु पर्ने बताए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर ढकाल, गठवन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने लगायतले बोलेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महामन्त्री शर्मा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।