Logo

२०८३, कार्तिक २६गते


images
images

आनन्दित गृह नेपालको अध्यक्षमा यज्ञमान शाक्य निर्वाचित

आनन्दित गृह नेपालको अध्यक्षमा यज्ञमान शाक्य निर्वाचित

images
  • आनन्दित गृह नेपालको अध्यक्षमा यज्ञमान शाक्य निर्वाचित
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ माटेपानीस्थित आनन्दित गृह नेपालको अध्यक्षमा पुनः डा. यज्ञमान शाक्य निर्वाचित भएका छन् । संस्थाको आज  सम्पन्न नवौं साधारणसभा तथा पाँचौं अधिवेशनले शाक्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो 

    images
    images
    images

    समिति उपाध्यक्षमा डा. पदम खड्का, सचिव रुमा राउत शाक्य, कोषाध्यक्ष मेजरमान बज्राचार्य छन् । यस्तै, सदस्यमा छवि गौडेल, सुशीला खनाल र रमेश ताम्राकार चयन भए । रमेश मात्र नयाँ सदस्य हुन् । 

    images
    images
    images

    यसअघि साधारणसभा शुभारम्भ गर्दै पोखरा-१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेको बताए ।

    images
    images

    कार्यक्रममा श्रद्धासुमन ज्येष्ठ नागरिक प्रालिका नीरज थापा, संस्थाका आजीवन सदस्य गोपाल गुरुङ, महिलाको तर्फबाट मीरा सिग्देल लगायतले बोलेका थिए । कार्यसमिति सदस्य सुशीला खनालले स्वागत र सदस्य छवि गौडेलले संचालन गरेका थिए । 

    हाडजोर्नी विशेषज्ञ डा. यज्ञमान शाक्यले ज्येष्ठ नागरिकको शारीरिक, मनोसामाजिक, आध्यात्मिक तथा आर्थिक समस्यालाई मध्यनजर गरी २०७० सालमा आफ्नै घरमा आनन्दित गृह (ह्याप्पी होम) खोलेका थिए । 

    होममा नौ जना आश्रित छन् । तीमध्ये ६ जना ९० वर्षमाथिका हुन् । आनन्दित गृहमा २५ जना आवासीय तथा ५० जना दिवा सेवामा बस्न मिल्ने क्षमता रहेको अध्यक्ष डा. शाक्यले बताए ।

    दिवामा दैनिक यहाँ करिब ४० जना जति ज्येष्ठ नागरिक आउँछन् । उनीहरु भजनकीर्तन, प्रवचन सुन्नुका साथै योग गरी खाजा खाएर फर्किन्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आनन्दित गृह नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।