Logo

२०८३, कार्तिक २६गते


images
images

पोखरामा प्रहरीको अपराध अनुसन्धान कार्य सुधार गोष्ठी

पोखरामा प्रहरीको अपराध अनुसन्धान कार्य सुधार गोष्ठी

images
  • पोखरामा प्रहरीको अपराध अनुसन्धान कार्य सुधार गोष्ठी
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको संयुक्त आयोजनामा ‘अपराध अनुसन्धान कार्य सुधार गोष्ठी’ आज सम्पन्न भएको छ । 

    images
    images
    images

    प्रहरीले गर्ने अपराध अनुसन्धानलाई त्रुटिरहित बनाइ अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रम गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले उद्घाटन गरे ।

    images
    images
    images

    डिआइजी गुरुङले गोष्ठीमा गरिने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान-प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको विकास गरी अनुसन्धानमा प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

    images
    images

    डिआइजी गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउँदै सानो वा ठूलो जुनसुकै अपराध अनुसन्धान सिंगो प्रहरी संगठनको छविसँग सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटिरहित अनुसन्धान गर्नुपर्ने बताए ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पूर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरु गोष्ठीमा सहभागी थिए ।

    अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटि र सुधारका विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले सञ्चालन गरेको गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्यांक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरीको अपराध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।