कृष्ण अन्जान गुल्मी गुल्मी जिल्लाका सामुदायिक तथा सार्वजनिक विध्यालयहरुमा कक्षा नौ सम्म अध्ययनरत विध्यार्थी हरुको वार्षिक परीक्षा सकिएका छन र विध्यार्थीहरु करिब दुईहप्ता विदामा छन ।
विदाकाे समयमा घर बसेका विध्यार्थीहरुलाई अभिभावककाे निगरानी ,रेखदेख आवश्यक छ र यहि आवश्यकता प्रति जिम्मेवार बन्दै रुरुक्षेत्र गाउँ पालिकाकाे बलेटक्सारमा रहेकाे रेन्बाे ईँग्लिस बाेर्डिँग स्कुलले अभिभावक हरुलाई आफ्ना छाेराछाेरी हरुका लागि विशेष रेखदेख गर्न आग्रह गरेकाे छ ।
विध्यालयका तर्फबाट भनिएकाे छ आफ्ना बच्चालाई कम्तीमा आफूले खाएका थाल, कचौराहरु उनैलाई माझ्न लगाउनु ,कपडा धुन लगाउने ,बोट विरुवामा बिहान-बेलुका पानी हाल्न ,बिहान/बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजान खेतीपाती देखाउन , कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि ईत्यादी देखाउन भनिएकाे छ ।
छाेराछाेराीलाई आफन्तकोमा भेटघाट र चिनजान गराउन , गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरी जामुन , किम्मु , खनियो , इसबगोल , काली गेडी , चर अ्मिलो , निमपत्ता , बडहर, सिमल लगायतका फलफूलहरु चिनाउनु होला , खान दिन ,कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको, पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउन र बोइलरको मासु र भात तिर बल नगर्नु सल्लाह दिईएकाे छ ।
सकेसम्म मोबाइलमा बेस्त हुन नदिन चलाउनै परेमा मोबाइलमा के कस्ता एपहरु चलाएका छन, ती कुरा चेक गर्नु र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्न,केही राम्रा कथाका किताबहरु पढ्न कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न ,आठ , नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन भने याे मानसिकता लाई रोक्न जरुरी छ।
सोही अनुसारको परामर्श भनिएकाे छ । महङ्गा चिजबिज नकिनिदिन धेरैजसो सन्तानहरु सोचेको भन्दा बढी अराजक ले , यस्को कारण हामी नै हौवब भन्ने कुरा आत्मसात गर्दै दुख,अभाव र पिडा के हो भन्ने कुराको ज्ञान दिलाउन समेत अभिभावक लाई आग्रह गरिएकाे छ ।
सकेसम्म घरभित्र भन्दा घर बाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सृजना गरिदिन ,आफ्नो टोल,समाज जस्ता सार्वजनिक स्थलको सरसफाइमा सहभागी बनाउन ,सधै आफ्नो जित मात्र नहुने हुदा हारलाई कसरी आत्मसात गर्ने भनेर सिकाउनु र टिम वर्ककाे भावना विकास हुने खेल खेल्न प्रोत्साहन गर्न अभिभावक सँग विध्यालयले आग्रह गरेकाे छ ।
मुख्य रुपमा सामाजिक सद्भाव ,उत्तरदायी र अनुशासन प्रति आफ्ना बालबालिका प्रति सजगता अपनाउने गरि अभिभावक हरुलाई रेन्बाे ईँगलिस बाेर्डिँग स्कुलकाे याे अभियान अभिभावक हरुलाई पनि आफ्ना बालबालिका प्रति सचेतना अपनाउन ठुलाे मद्दत पुगेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology