Logo

२०८३, कार्तिक २६गते


images
images

तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न खोजियो : प्रतापलाल श्रेष्ठ

तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न खोजियो : प्रतापलाल श्रेष्ठ

images
  • तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न खोजियो : प्रतापलाल श्रेष्ठ
    images

    राजेश  पराजुली, पोखरा । पोखरा नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठसहितका नेताहरुसंग एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले खिचेको सामुहिक तस्बिर यतिबेला चर्चामा छ । श्रेष्ठसहितका समाजवादीका प्रभावशाली नेताहरुले एस छाड्न लागेको दाबी गरिएका समाचार सार्वजनिक भइरहँदा एकीकृत समाजवादीका गण्डकी सचिव समेत रहेका श्रेष्ठले आफूहरको तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न  खोजिएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनका अनुसार १० चैतमा श्रेष्ठसहितका एकीकृत समाजवादीका नेताहरु काठमाडौंबाट तनहुँ फर्कँदै थिए । त्यस क्रममा काठमाडौं जाने क्रममा रहेका एमाले उपमहासचिव गुरुङसंग खानीखोला भन्दा माथि सिक्रे खोला भन्ने ठाउँमा चिया खाने क्रममा जम्काभेट भएको र त्यस क्रममा उपमहासचिव गुरुङ कै आग्रहमा फोटो खिचिएको हो ।

    images
    images
    images

    उनले त्यसक्रममा एमाले विभाजन भएर समाजवादी निर्माण हुनुमा माधव नेपालको मात्र दोष नरहेको र पार्टी विभाजन हुनुको दोषी केपी ओली पनि भएको एमाले उपमहासचिव गुरुङले बताएको जानकारी दिए । ‘हामी १० चैतमा काठमाडौंबाट फर्कँदै थियौं । उनहरु (पृथ्वी सुब्बा गुरुङ) काठमाडौं जाने क्रममा हुनुहुँदोरहेछ । चिया खाने पसल एउटै परेछ । त्यसक्रममा गफ भएको हो । पिएस कम्रेडले पार्टी विभाजन हुनु दुखद् हो हामीले पनि दुखद् नै ठानेका छौं भन्यौं । यसमा दोषी माधव नेपाल मात्र होइन, हाम्रो अध्यक्ष केपी ओली पनि दोषी हो भनेर उनले भने त्यसलाई रिअलाइज गरेर पार्टी एकता तर्फ अगाडि बढ्नुपर्छ। हामीलेपनि गल्ति रिअलाईज गरे पार्टी एकताको कुरा टाढा नरहेको तर यसका लागि शीर्ष नेताहरु नै बस्नुपर्ने बतायौं ।

    images
    images

    १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूले (पिएस), सुवास नेम्वाङ र विष्णु पौडेलले पहल गरेको तर त्यो टिक्न नसकेको बताए । अनि केन्द्रमा नमिलेपनि तलका नेता कार्यकर्ता भएपनि मिल्नुपर्छ। हामीले तनहुँ १ मा समाजवादीले पनि उम्मेद्वारी दिने कुरा केन्द्रमा गरेर फर्केको जानकारी दियौं । कुरा भएको यत्ति हो ।’ उलने भने, ‘अहिले त्यतिबेला उनले नै आग्रह गरेर खिचिएको तस्बिर राखेर भ्रम सृजना गर्नेकाम भएको छ । यो भ्रम छर्ने बाहेक अरु केही होइन’

    श्रेष्ठले यस्ता भ्रमले आफ्नो पार्टीका नेता कार्याकर्ता विचल्लित नहुने समेत बताएका छन् । ‘यो बेला हाम्रा विषयमा विभिन्नढंगले भ्रम छर्ने कामहरु भइरहेका छन् । यस्ता भ्रमबाट हाम्रा नेता कार्यकर्ता कोही विचिल्लित हुनुहुँदैन र भ्रमको खेतीले केही काम पनि गर्नेवाला छैन’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रमको खेती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।