Logo

२०८३, आश्विन ९गते


images
images

पुस्तक चर्चा

बहुआयामीक युद्ध तथा पर्या-साहित्यकार 'बिजय हितान'

बहुआयामीक युद्ध तथा पर्या-साहित्यकार 'बिजय हितान'

images
  • सेतोमसी सहकर्मी
  • बहुआयामीक युद्ध तथा पर्या-साहित्यकार 'बिजय हितान'
    images
    images

    साहित्यकार बिजय हितान बागमति ब्लुज कविता संग्रहका लेखक हुन् । युनिभर्सिटी अफ हङकङ देखि बिएससी र ग्रिनविच युनिभरसिटि लन्डनवाट एमएससी गरेका हितान नियमित रूपमा पर्यावरणीय विषय लेख्दै आएका छन् ।

    images
    images
    images

    बिजय हितान एक पूर्व गोर्खा सैनिक  मात्र होईनन् उनि अव्वल क्षेमताले भरिएका लेखक पनि हुन् । उनको थातथलो नेपाल भए पनि हङकङ र बेलायतलाई बिगतमा आफ्नो कर्मभूम बनाएका थिए र छन्। सैनिक सेवाबाट अवकास लिएपछि लेखक हितान बिभिन्न बिधामा कलम चलाउँदै आएका छन। आज भोली उनि प्राय बातवरण सम्बन्धी कविता/नियात्रा/कथा लेख्ने गर्छन् । 

    images
    images
    images

    बागमति ब्लुज एक शसक्त रुपमा लेखिएको उत्कृष्ट कविताहरुको पुस्तक हो । यस पुस्तकमा बिभिन्न किसिमका कविताहरु गद्ध तथा पद्ध लयमा कोरिएका छन् । सैनिक अवस्थामा भोगेका नेपाली समाजमा देखेका अनेक पाटाहरु यस पुस्तकमा कविताको रुपमा संग्रहित छन् । यस भित्रका कविताहरु पढिरहँदा सबै भन्दा मन छुने कविता हो-

    images
    images
    images

    बा मलाई कलम चलाउन सिकाउनोस्

    बन्दुक होईन बा
    अब मलाई कलम चलाउन सिकाउनोस्
    दुई सय बर्षसम्म बन्दुक बोकेर हिडे
    मेरो काँध धेरै थाक्यो
    बन्दुकले बनतिर ताक्ला भनेको आफ्नो घरतिर ताक्यो
    मेरै घरको आँगनमा पड्क्यो
    शत्रुको रगत बगाईदेला भनेको त
    मेरै पत्नीको रातो सिन्दूर बगाईदियो
    म हिँड्ने बाटोमा मैलाई यम्बुसमा मारेर 
    मेरै सन्तानलाई टुहुरो पार्यो
    बन्दुक उठाएर आफ्नो भूमि गुमाउन पुगेँ
    बन्दुकले परायलाई पराजित गरेर
    मलाई बिजयी बनाउला भनेको
    मैलाई हरुवा बनायो
    बन्दुकले शत्रुको छातीमा बर्सायो कि गोली भनेको 
    मेरै अस्तित्वलाई तर्साए जस्तो लाग्यो

    भो अब बन्दुक बोकेको लामो भयो बा
    अब मलाई कलम थमाइदिनोस् मेरो हातमा
    बन्दुकले मेरो मस्तिष्कलाई युद्धबन्दी बनाईरहेको बेला

    कवि हितान विदेशमा लामो समय गोर्खा सैनिक भएकाले होला उनका केहि कवितामा विर रस, युद्ध, विछोडको पिडा, र केहि नोसटाल्गीकपन पाइन्छ । किन भने सैनिक जिवन सोचे भन्दा धेरै फरक थियो, त्यसकारण कविताको माध्यम बाट सैनिक जिवनमा भोगेका कुराहरु प्रकट गरेको छन् । कवि हितान बिभिन्न धार देखि प्रस्तुत गर्न सक्ने एक लाहुरे साहित्यकार हुन्। यस संग्रहमा आधाभन्दा वढि वातावरण कविताहरु पनि छन् । उनमा मानविय जिवनको विविध रॅग र पर्यावरणीय संकट र यसको संरक्षणका अनेक पक्ष टपक्क टिपेर कवितामार्फत व्यक्त गर्नसक्ने एक अदभुत कला छ भन्दा फरक नपर्ला । उनी नेपाल हङकङमा तथा बेलायतका एक दर्जन भन्दा धेरै सेवा मूलक संस्थाहरुमा आबद्ध भई योगदान पनि दिएकी छन् । उनको यस्तो कला, चेतना र क्षेमताले गर्दा  नेपाल, हङकङ र बेलायतमा उनलाई एक बहुआयमीक वेल्पाली युद्ध तथा पर्या साहित्यकारको नामले चिनिने गरिन्छ।

    - संजय सिंजाली मगर 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिजय हितान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।