Logo

२०८३, कार्तिक २७गते


images
images

राष्ट्रियताको पक्षमा जुनसुकै मूल्य चुकाउन तयार छु: सांसद शाही 

राष्ट्रियताको पक्षमा जुनसुकै मूल्य चुकाउन तयार छु: सांसद शाही 

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रियताको पक्षमा जुनसुकै मूल्य चुकाउन तयार छु: सांसद शाही 
    images

    कृष्ण अन्जान,  गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका साँसद ज्ञानेन्द्र शाहीले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताकाे पक्षमा जुनसुकै मूल्य चुकाउन पनि आफू तयार रहेकाे बताएका छन ।      

    images
    images
    images

    रामनवमीकाे अवसरमा रेसुँगा नगर पालिका र गुल्मी दरबार गाउँ पालिकाकाे दाेसाँध राम्चे डाँडामा निर्मित सिताराम लक्ष्मण हनुमान मन्दिरको प्राण प्रतिष्ठा र उदघाटन कार्यक्रममा पुगेका शाहीले भने, 'म सधै राष्ट्रियताकाे पक्षमा छु, सत्ताका लागि कुनै सम्झौता गर्दिन र भ्रष्टाचारका बिरुद्धमा हिँजो मेराे अभियान थियाे, आज पनि छ र भाेलि पनि रहनेछ ।'               

    images
    images
    images

    पुर्विय दर्शन वास्तवमा मानवताका पक्षमा रहेकाे बताउँदै उनले यहि दर्शननै सभ्यताको उदगम भएकाे बताए ।        'मुलुक जातिय आधारमा विभाजन गर्ने काम भएकाे छ यदि पृथ्वीनारायण नारायण शाहले देश एकताको सुत्रमा नबाँधेकाे भए विश्व मानचित्रमा नेपाल नहुने र हामी नेपाली  हुने थिएनौँ' शाहीले भने, हाम्रा राष्ट्र निर्माता मार्क्स लेनिन हाेईनन, पृथ्वीनारायण नारायण शाह हुन।'

    images
    images

    कार्यक्रममा बाेल्दै दुर्गा वौद्दिक पिठ रुपन्देहीका पिठाधिस १००८ स्वामी विवेकानन्दले गृहस्थ जीवन सन्तति सम्पति र सँस्कारयुक्त हुनुपर्ने बताउँदै आफ्ना सन्ततिलाई सँस्कार युक्त बनाउन आग्रह गरे ।          

     परमात्मालाई प्राप्त गर्नेले शुखानुभुती प्राप्त गर्ने बताउँदै स्वामी विवेकानन्दले याे लाेकबाट परलाेकमा लिएर जानेगरि पराेपकारी काम गर्नु पर्ने बताए ।

    कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका केशि खाँडले पछिल्लो चरणमा मुलुकमा हिन्दु धर्ममाथि चौतर्फी रुपमा प्रहार भएकाे बताउँदै वैदिक सनातनलाई जाेगाउन सबै लाग्नु पर्ने बताईन । गुल्मीका धार्मिक स्थल हरुलाई सँरक्षण सँगै एक अर्कालाई एक आपसमा जाेडेर धार्मिक पर्यटन सर्किट बनाउन आफ्नो तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

    मन्दिर उदघाटन कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली राज भुषालले रेसुँगा क्षेत्रकाे धार्मिक विकासमा आफ्नो तर्फबाट सक्दाे सहयाेग गर्ने बताए । मन्दिर निर्माण कर्ता टाेप बहादुर बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक ,विश्व हिन्दु महासँघ गुल्मीका अध्यक्ष शुरेस चन्द्र भुषालले आफ्नो धारणा राखेका थिए  ।   
                
     राम्चे डाँडामा गौँडाकाेट निवासी टाेप बहादुर बस्नेत सुब्बाकाे एकल लगानीमा करिब एक कराेडकाे लगानीमा सिताराम लक्ष्मण हनुमान मन्दिर निर्माण गरिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।