Logo

२०८३, कार्तिक २७गते


images
images

बैंक खाता भाडामा लिएर नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा, डेढ महिनामा कम्तीमा २ करोड झ्वाम

बैंक खाता भाडामा लिएर नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा, डेढ महिनामा कम्तीमा २ करोड झ्वाम

images
  • बैंक खाता भाडामा लिएर नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा, डेढ महिनामा कम्तीमा २ करोड झ्वाम
    images

    काठमाडौं । अनलाइन व्यापार गर्ने नाममा नेपालमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नेतृत्वको गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले १० नेपाली र ९ जना चिनियाँलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्ने नेपालीमा ५ जना महिला र ५ जना पुरुष रहेका छन् । अनलाइन व्यापारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए ।

    images
    images
    images

    ‘अनलाइन व्यापारको नाममा सामान खरिद गर्न लगाएर सामान बिक्री भएजस्तो गरेर सुरूसुरूमा कमिसन पनि पठाउने रहेछन् । तर, लगानी बढ्दै जाँदा कमिसन बन्द भएपछि पीडित आफू ठगिएको थाहा पाउने अवस्था देखियो’, एसएसपी केसीले भने ।

    images
    images
    images

    उनका अनुसार केही समयअघि एक व्यक्ति अनलाइन व्यापार ४८ लाख रूपैयाँ ठगीमा परेको भएको भन्दै उजुरी लिएर आएका थिए । ५० हजार रूपैयाँबाट लगानी सुरू गरेका ती व्यक्तिले सुरूसुरूमा कमिसन खुरुखुरु पाएपछि ४८ लाख रूपैयाँ लगानी भइसकेको पत्तै नपाएको प्रहरीलाई सुनाएका थिए । त्यसपछि अनुसन्धानका क्रममा उनलाई ठगी गर्ने गिरोह भेटिएको प्रहरीको भनाई छ । प्रहरीले ती पीडितले रकम जम्मा गरेका चारवटा बैंक खाताबाट अनुसन्धान गरेको थियो ।

    images
    images

    ‘ती चारवटा खातामा डेढ महिनाको अन्तरमा एक करोड ६४ लाख रूपैयाँभन्दा बढीको कारोबार देखिन्छ । २०/२२ जनाले उनीहरूको खातामा पैसा जम्मा गरेको देखिएकाले पीडितको संख्या ठूलो भएको हुन सक्ने हाम्रो अनुमान छ’, एसएसपी केसीले भने ।

    प्रहरीका अनुसार ९ जना चिनियाँले काठमाडौंको विभिन्न तीन ठाउँमा कार्यालय खोलेर ठगी गर्ने गरेका थिए । उनिहरूले एक वेबसाइटको लिंक ह्वाट्सअपमा विभिन्न व्यक्तिलाई पठाएर अनलाइन व्यापारमा लगानी गरे तुरुन्तै ३० प्रतिशत मुनाफा पाइने भन्दै काउन्सेलिङ गर्ने गरेका थिए । इच्छुकलाई उनीहरूलाई कसरी व्यापार गर्ने भनेर सिकाउन लिंकसमेत पठाउने गरेको र त्यस लिंक खोलेर हेर्दा सिकाइने पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    ‘सामान खरिदका लागि पैसा बुझाएको, किनेको सामान खरिद भएको, खरिद गर्नेले बुझेको, कमिसन प्राप्त भएको सबै कुरा वेबसाइटमा देखाएर गिरोहले प्रलोभनमा पार्ने गरेको देखियो’, केसीले भने, ‘धेरै रकम लगानी भएपछि सफ्टवेयरमा प्रहरी छिरेर घटनाबारे आफूलाई थाहा भएको जसरी थर्काउने गरेको पाइयो । त्यसपछि डिपोजिट गरेको रकम र कमिसन दुवै गुमेको अवस्था पीडितले थाहा पाएका रहेछन्’, एसएसपी केसीले जानकारी गराए 

    चिनियाँ गिरोहले एक नेपाली व्यक्तिलाई सम्पर्क गरेर विभिन्न व्यक्तीको नाममा नेपाली खाता बनाउन लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    ‘खाता खोले मासिक १० हजार रूपैयाँ पाइने भनेर प्रलोभन देखाइने रहेछ । मासिक १० हजार रूपैयाँ पाइने लोभमा नेपालीले अनलाइन बैंकिङको युजरनेम र पासवर्डसमेत गिरोहलाई बुझाएको देखियो । कतिपय अवस्थामा सम्बन्धित खातावालाले नै पैसा निकालेर आफूलाई खाता खोल्न लगाउने नेपालीलाई बुझाउने गरेको पाइएको छ’, एसएसपी केसीले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।