Logo

२०८३, कार्तिक २७गते


images
images

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

images
  • दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा
    images

    काठमाडौं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् ।

    images
    images
    images

    सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दाबी गरेकी हुन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिनभित्रै यसले पूर्णता पाउने बताएकी हुन् ।

    images
    images
    images

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ र, सरकार विस्तारको चरणमा हामी छौँ । सरकार विस्तारको गृहकार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ–आजभोलि १/२ दिनमै सरकार विरताले पूर्णता पाउनेछ,' शर्माले भनिन् ।

    images
    images

    सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सफल भएको उनको दाबी छ ।

    'यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो,' उनले भनिन्, 'त्यो नै सबैभन्दा ठूलो कुरा हो । त्यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’

    मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै जनचाहनाअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।