सन्जय सिंजाली मगर, काठमाडौं । बौद्ध धर्म र दर्शनको अनुयायीहरुको साझा संगठन नेपाल मगर बौद्ध सेवा समाज को छैठौँ राष्ठ्रिय महाधिबेशन कञ्चन गाउँपालिकामा रहेका नालण्डा बौद्ध बिहारमा हुने भएको छ । बौद्ध धर्म प्रति आस्था रहेका मगरहरुको यस सम्मेलन राष्ट्रिय स्तरको स्वरुपमा हुने लागेको हो ।
महाधिबेशनमा देशभर बाट ५० जना जिल्ला प्रतिनिधि, पर्यबेक्षक र ४ जना बौद्ध अनुनयहरुको सहभागिता रहने छन् । सो महाधिबेशन चैत्र १८ गते देखि कञ्चनगाउँपालिका वडा नं ४ स्थित बिरेन्द्रचोकमा रहेको मंगल नालण्डा बुद्ध बिहार हुने महासचिव डब बहादुर गर्बुजा पून मगरले बताए । यस महाधिबेशन बाट नयाँ कार्य समिति चयन गरि बौद्ध धर्म लाई आफ्नो मौलिकताको रुपमा स्थिापित गरि जाने कार्ययोजना निति निमार्ण गरिने गर्बुजाले प्रष्ट बिचार राखे।
यस महाधिबेशन उद्घाटनको दिन धर्मलम्बी अनुयायी, उपासक तथा उपासिका भिक्षु लगायतको उपस्थितमा शान्ति र्याली गरिने छ । महाधिबेशनको उद्घाटन भने अखिल भिक्षु महासंघ केन्द्रिय समितिबाट हुने भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology