Logo

२०८३, कार्तिक २७गते


images
images

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी

images
  • बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी
    images

    काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । 

    images
    images
    images

    बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । कुन दलले कति मन्त्रालय लिने भन्नेमा कुरा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि आज फेरि बसेको हो । 

    images
    images
    images

    मन्त्रालयको भागबारे सबै दलहरू आ–आफ्नै अडानमा छन् । कांग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । त्यस्तै, जसपा र नेकपा एसले तीन–तीन मन्त्रालयको दाबी छाडेका छैनन् । त्यस्तै लोसपाले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

    images
    images

    कांग्रेस नेता रमेश लेखक भने गठबन्धनमा कुरा मिल्ने र चाँडै मन्त्रिपरिषद् बिस्तार हुने दाबी गर्छन् । ‘मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ, नमिल्ने कुरै छैन’, लेखक भन्छन्, ‘गठबन्धनलाई दिगो बनाउन सबै दल भित्रैबाट लागिरहेका छन् ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धनकाे बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।