Logo

२०८३, कार्तिक २६गते


images
images

चितवनको कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

चितवनको कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

images
  • चितवनको कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरेका छन् । सोमबार दिउँसो ३ बजेको समयमा पानी खुवाएपछि एक घण्टाभित्र सबै पशु मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार पानी खाने वित्तिकै पशुहरु काम्न थालेका थिए । त्यसको केहि बेरमै पशुहरु मरेका हुन् । पानीमै विष मिसिएको हुन सक्ने आशंका गरिएको उनले बताए । पशुको पोष्टमार्टम रिपोर्टबाट कारण नखुलेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए ।

    images
    images
    images

    ‘बिहानदेखिको कुँढोमा धाराको पानी हालेर दिउँसो ३ बजेतिर सबै पशुलाई दिएको रहेछ । त्यसको एक घण्टाभित्रै सबै पशु मरेछन् । कुनै रोगले त्यति छिटो पशु मर्दैन, पानीमा विष नै थियो कि भनेर नमुना परीक्षण गर्दैछौँ’, उनले भने ।

    images
    images

    किसान थापाले पालेका एउटा ब्याउने भैंसी, एउटा ठूलो गाई, तीन माउ बाख्रा र दुई वटा खसि मरेका हुन् । पानी खाएपछि सबै पशुको पेट फुलेको थियो । त्यसपछि सबै पशु फिज काट्दै मरेका थिए । घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवनको कालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।