Logo

२०८३, कार्तिक २६गते


images
images

तनहुँको पानी ट्याङ्कीमा भेटिएको शव पोखराकी शान्तिको भएको पुष्टि

तनहुँको पानी ट्याङ्कीमा भेटिएको शव पोखराकी शान्तिको भएको पुष्टि

images
  • तनहुँको पानी ट्याङ्कीमा भेटिएको शव पोखराकी शान्तिको भएको पुष्टि
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । तनहुँस्थित खानेपानी ट्याङ्कीमा भेटिएको शव पोखराकी महिलाको भएको पुष्टि भएको छ ।शव पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी ४२ वर्षकी शान्ति श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    images
    images
    images

    शान्तिका छोरा गणेश श्रेष्ठले शवको पहिचान गरेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।श्रेष्ठको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा भेटिएको थियो ।

    images
    images
    images

    श्रेष्ठ गत फागुन महिनादेखि नै घरबाट हराएकी थिइन् । उनी बेपत्ता भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा शव भेटिएपछि आफन्तलाई खबर भइ शवको पहिचान खुलेको इन्स्पेक्टर शर्माले बताए ।

    images
    images

    घटना शंकास्पद देखिएपनि श्रेष्ठ पानी ट्याङ्कीमा पर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए । श्रेष्ठको शव दमौली अस्पतालमा राखिएको छ । 

    मनहरि क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराएसँगै पानी ट्याङ्कीमा गइ हेर्दा आइतबार बिहान शव भेटिएको थियो ।

    ‘२/३ दिन अघिदेखि उपभोक्ताहरूबाट पानी गन्हायो भनि गुनासो आएको र बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेको उपभोक्ता समितिले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।