Logo

२०८३, कार्तिक २६गते


images
images

स्थानीयलाई ज्यादती गरेको भन्दै लघुवित्तको कार्यालयमा तालाबन्दी

स्थानीयलाई ज्यादती गरेको भन्दै लघुवित्तको कार्यालयमा तालाबन्दी

images
  • स्थानीयलाई ज्यादती गरेको भन्दै लघुवित्तको कार्यालयमा तालाबन्दी
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेकपा (बहुमत) ले गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकस्थित किसान लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेको छ ।लघुवित्तले स्थानीयलाई ज्यादती गरेको भन्दै नेकपा बहुमत पार्टीले केन्द्रमा नै जनसंघर्ष परिचालन समिति बनाएको छ ।

    images
    images
    images

    सोही समितिले किसान लघुवित्तमा तालाबन्दी गरेको नेकपा बहुमतका केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज कमल खड्काले बताए । जिल्ला भित्रका लघुवित्त संस्थाहरुले दिदीबहिनीहरुलाई मानसिक तनाव दिने गरेको र यसले धेरै आत्माहत्याको घटना बढेकाले गण्डकी गाउँपालिकाको लघुवित्तमा तालाबन्दी गर्नुपरेको उनले बताए ।

    images
    images
    images

    लघुवित्त वित्तीय संस्थाले ज्यादति गर्दै गएमा यस प्रकारका कार्यक्रम निरन्तर जारी रहेको उनले बताए । लघुवित्त संस्था खारेज हुनुपर्ने, जनताको लगानी मिनाहा गर्नुपर्ने र पीडितको ऋण मिनाह पार्टीको माग रहेको उनले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।