रेशम अधिकारी अशोक । नवलपरासी
कोरोना महामारी दोस्रो भेरियन्टको रोकथाम एवं नियन्त्रणका लागि मुलुकभरीनै जारी निषेधाज्ञाबाट रोजगारी गुमाउन पुगेका तथा विपन्न वर्गलाई लक्षित गरी पश्चिम नवलपरासी स्थित विसिडब्लु युथ नेपालले खाद्यान्न सहयोग गर्दै आएको छ ।
क्लबले संचालन गरेको ‘चुलो बालौ’ अभियानबाट अहिलेसम्म पश्चिम नवलपरासी सुनवल नगरपालिका भित्रका १४० बढी घरपरिवारलाई खाद्यान्न सहयोग गरेको क्लबले जनाएको छ । क्लबले विपन्नको दैलोमै पुगेर खाद्यान्न जस्तै चामल, दाल, नुन ,तेल,सोयाविन लगायत वितरण गरिरहेको छ ।
त्यसैगरि, ‘चुलो बालौ’ अभियानलाई थप निरंतरता दिनको लागि बिहिवार सुनवल सेवा समाज युएईद्वारा सहयोग रकम
एकतीस हजार अभियानका संयोजक रोशन श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा सुनवलनगर सेवा समाज युएईका प्रतिनिधी चन्द्र बहादुर काउचा मगर , शिव प्रसाद न्यौपाने , बल बहादुर खत्री एवं विसिडब्लु युथका उपाध्यक्ष कमला राना सहसचिव मनुका थपा लगायतको उपस्थित रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology